जेष्ठ ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको मिलेमतोमा आफु माथि षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
पार्टी एकिकरण पश्चात माधव नेपालभन्दा वरियदा क्रममा तल पारिएकोमा आपत्ती जनाउँदै आफु त्यो वरियदाक्रम कुनै पनि हालतमा नमान्ने समेत बताएका छन् । उनले अध्यक्ष तथा प्रम ओली प्रति आक्रोस व्यक्त गर्दै आफु स्वास्थ्य उपचारको क्रममा चीनमा रहेको समयमा व्यापारिक प्रयोजनको निम्ती चीन गएको भनि चरित्रहत्या गर्न खोजीएको समेत वताएका छन् । त्यस्तै उनले पार्टी एकता हुने अघिल्लो दिन अध्यक्ष ओली र आफु एउटै कार्यक्रममा हुँदा समेत आफुलाई एकताको कुनै जानकारी नगराएकोमा गुनासो समेत व्यक्त गरेका छन् ।
वरिष्ठ नेता खनालले आफूमात्र नभई ईश्वर पोखरेल, भीम रावल लगायतका नेतामाथि पनि अन्याय गरिएको आरोप लगाए । आक्रोसित रुपमा प्रस्तुत भएका खनालले ओली र माधव नेपालको मिलेमतोमा पार्टीभित्र दमनचक्र चलाउन खोजिएको आरोप पनि लगाए । साथै उनले तत्कालिन एमालेका तर्फबाट मनोनित गरिएका ४५ जनाको सूचीमाथि पनि असहमति जनाए ।










प्रतिक्रिया दिनुहोस्