जेठ ६, एजेन्स । इटालियन अभिनेत्री आसिया अर्जेन्टोले कान्स फिल्म फेस्टिभलको क्लोजिङ्ग स्पीचका क्रममा आफूमाथि भएको यौन शोषणको बारेमा बताएकी छिन ।
अभिनेत्री अर्जेन्टोलाई यस वर्षको कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त भएको छ । कान्स फिल्म फेस्टिभलको क्लोजिङ सेरोमनी स्पीचमा अर्जेन्टोले भनिन, ‘सन् १९९७ मा यही कान्स फेस्टिभलमा हार्वेले मेरो बलात्कार गरेका थिए । त्यतिबेला म २१ वर्षकी थिएँ । यो फेस्टीभलमा उसले यौन शोषणको अखडा बनाएको थियो ।’
हलिउड फिल्म प्रोड्यूसर हार्वे विन्स्टिनद्वारा करिव ५० जना महिलाहरुले यौन शोषणको आरोप लगाएका छन ।
प्रतिक्रिया दिनुहोस्