राजनीति

हात दिनुहोस्, म काध दिन तयार छु : अध्यक्ष पौडेल



जेष्ठ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले आम नेपाली युवाहरुको साथ र सहयोग माग्दै युवाहरुको पक्षमा आफु काध थाप्न तयार रहेको बताएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस पोष्ट गर्दै उनले भनेका छन् ‘समय गतिशिल छ, समयले परिवर्तनको माग गरिरहेको छ । आमुल परिवर्तन सामाजिक आवश्यकता भएको देखिएको छ । देख्न, छुन, महशुस गर्न र भोग्न सकनिे आमुल परिवर्तन अर्थात सम्वृद्धि र सुशासन सहितको न्यायीक समाज । जहाँ विभेद नहोस्, हरेक मानिसले आफ्नो सुन्दर सपनाको सरक्षा गर्न पाउन । युवा सम्वृद्धिका सपनाको रक्षाका लागि सधैं युवा संघ नेपाल सकृय रहयो र आगामि दिनमा पनि रहनेछ । मत हात दिनुस् युवाहरु भनेर अपिल गरिरहेको छु । सम्वृद्धि र सुशासनका लागि । सीप सहितको रोजगारीका लागि । आउनुहोस् सकहार्य र सहयात्रा गारौं ।’