जेष्ठ ७, काठमाडौं । झापा जिल्लाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गएराति बम विष्फोट गराएका छन् भने बिस्फोटमा परि २ जना घाइते भएका छन् ।
बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । विष्फोटका कारण घरमा सामान्य क्षति पुगेको छ ।
विप्लव नेतृत्वको नेकपाले दमकको सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराएको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए । यहीबीचमा पौडेल निवासमा बम विस्फोट भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्