समाचार

विश्व प्रजातान्त्रीक युवा संघको वैठकको तयारी पुरा : अध्यक्ष ओली र प्रचण्डले उद्घाटन गर्ने



जेष्ठ ७, काठमाडौं । युवा संघ नेपाल केन्द्रिय कमिटिको आयोजनामा विश्व प्रजातान्धीक युवा संघको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा उद्घाटन गर्दै सम्वोधन गर्ने भएका छन् ।

विश्व प्रजातान्त्रीक युवा संघको वैठकमा विश्वका १२० राष्ट्रका युवा नेतृत्वहरुको सहभागिता हुने भएको जनाइएको छ । वैठकमा विश्वभरका १५० जना भन्दा वढी युवा नेतृत्वहरुको सहभागित हुने भएको संघका अध्यक्ष रमेश पौडेलले जनाएका छन् ।

आगामी ९ गते काठमाडौंको सभा गहृमा उद्घाटन हुने उक्त कार्यक्रमको निम्ती विदेशवाट आउने युवा प्रतिनिधिहरु नेपाल प्रवेश गरिसकेका छन् भने सम्पूर्ण प्रतिनिधिहरुलाई संघका अध्यक्ष पौडेलले स्वागत गरेका छन् ।

कार्यक्रम जेष्ठ ९ गते सभागृहमा उद्घाटन सत्र हुने र त्यस पश्चातका कार्यक्रमहरु गोकर्ण रिसोर्टमा हुने संघका केन्द्रिय सदस्य सञ्वि रोक्काले जानकारी दिएका छन् ।

विश्व भर नेपालको कम्युनिस्ट एकताको सन्देश सहित समृद्दीका लागि युवा अभियानको जानकारी दिने संघका अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।