समाचार

सुन तस्करीका मुख्य नाइके उप्रेती ‘गोरे’ पक्राउ



जेष्ठ ८, काठमाडौं । ३३ किलो सुनकाण्डका नाइके  गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् ।

प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । उनलार्इ कहाँबाट पक्राउ गरिएको हो भन्ने खुलाइएको छैन । गोरे पछिल्लो समय भारतमा लुकेर बसेको आशंकामा प्रहरीले निगरानी बढाएको थियो ।

उनलार्इ सार्वजनिक गर्न दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो ।
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३ जनाविरुद्ध  जिल्ला अदालत मोरङमा यसअघि नै मुद्दा दायर गरिसकेको छ । यद्यपी गोरे फरार हुँदै आएका थिए ।