राजनीति

नेकपाको पार्टी एकता : सानोठिमी क्याम्पसमा एक दिने सरसफाई कार्यक्रम हुने



जेष्ठ ८, काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच एकता पश्चात वनेको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले पार्टी एकताको उपलक्ष्यमा एक दिने क्याम्पस सरसफाई कार्यक्रम गर्ने भएको छ ।

एसियाको तेस्रो तथा सार्क राष्ट्रको पहिलो ठूलो कम्युनिष्ट पार्टी भएको उपलक्ष्यमा तत्कालिन एमाले निकट अनेरास्ववियु तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको क्याम्पस कमिटीको संयुक्त आयोजनामा भोली (जेष्ठ ९ गते) विहान ठिक ८ बजेदेखि गर्ने भएको अनेरास्ववियु कम्पास कमिटीका सचिव सरोज बोहोराले जानकारी दिएका छन् ।

क्याम्पस सरसफाइ कार्यक्रममा सम्पूर्ण क्याम्पसमा अध्ययनरत बिद्यार्थी, प्रधापक, कर्मचारीहरुमा उपस्थितको निम्ति हार्दिक अनुरोध समेत गरेको छ ।

आगामी दिनमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै विकासको गतिलाई तिव्रता दिदै अघि वढ्ने योजनाका साथ क्याम्पसका तमाम विद्यार्थीको हक हितको लागि नेतृत्वदायी भुमिका निर्वाह गरेको दुई संगठन जसवाट आम सानो ठिमी क्याम्पसका विद्यार्थीले आशा र भरोसाको रुपमा हेर्ने गरेका छन् ।