जेष्ठ ९, काठमाडौं । संघीय सरकार र प्रदेश सरकारबीच बढ्दो तनावका कारण प्रदेश दुईको सरकारलाई दिएको समर्थन नेपाल कम्युनिष्ट पार्टीले फिर्ता लिने संकेत गरेको हो ।
तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले सरकारको रवैयाका कारण समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताएका छन् । उनले विकास र समृद्धिको बाटो छाडेर मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले मनपरि गरेको आरोप लगाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा भएको कार्यक्रममा मुख्यमन्त्री राउतले संविधान संशोधनको प्रसंग उल्लेख गरेपछि विवादमा तानिनुभएको थियो । त्यसमा नेकपाले कडा रुपमा आपत्ती जनाएको छ । देश र जनताप्रति समर्पित नभई गुलामीका भरामा मुख्यमन्त्री चलेको भन्दै आपतती जनाएको हो । त्यसयता राउतको अमेरिका भ्रमणमा संघीय सरकारले रोक लगाएपछि संघ र प्रदेशबीच तनावको स्थिति देखा परेको छ ।
उता संघीय फोरम र राजपाका नेताहरुले भने प्रमुख प्रतिपक्ष काँग्रेसलाई नदिन नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्न खोजेको बताएको छ ।










प्रतिक्रिया दिनुहोस्