जेष्ठ ९, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री सहित १८ मन्त्री र ४ राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्यका नाममा भक्तपुरमा २ र झापामा एउटा घर छ । बैंक खातामा ४२ लाख रुपैयाँ, १८ तोला सुनका गहना ।
रक्षामन्त्री ईश्वर पोखरेलसँग टोखामा श्रीमतीको नाममा घर र झापामा १२ कट्ठा जग्गा, बैंकमा ७ लाख रुपैयाँ छ ।
गृहमन्त्री रामबहादुर थापा बादलसँग बैंकमा ३ लाख रुपैयाँ र ६ तोला सुन छ ।
अर्थमन्त्री युवराज खतिवडासँग काठमाडौं, भक्तपुर, झापा र दोलखामा जग्गा, एउटा कार र १० तोला सुन छ । बैंकमा एक करोड भन्दा वढी रुपैयाँ रहेको छ ।
उर्जामन्त्री वर्षमान पुनसँग रोल्पामा एउटा घर, २५ तोला सुन तथा बैंकमा साढे तीनलाख रुपैयाँ छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग काठमाडौंको शंखमुलमा श्रीमतीको नाममा घर र दुई तोला सुन छ । आफूसँग झण्डै २५ सय पुस्तक छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग सिरहा र धनुषामा गरी दुईवटा घर, धनुषा र ललितपुरमा जग्गा र १६ तोला सुन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर र बैंकमा ३ लाख ६७ हजार रुपैयाँ छ ।
भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठको धनुषा र ललितपुरमा श्रीमतीका नाममा घर, सिन्धुली, ललितपुर र धनुषामा जग्गा तथा बैंकमा ७२ लाख रुपैयाँ, ५२ तोला सुन पनि छ ।
खानेपानी मन्त्री बीना मगरसँग चितवनमा पति प्रकाश र सासू सीता दाहालको नाममा तीन कठ्ठा जग्गा र ५ तोला सुन छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीका कास्की र काठमाडौंमा गरी तीन वटा घर, कास्कीमा जग्गा, ६० तोला सुन र बैंकमा २४ लाख ५७ हजार रूपैयाँ छ ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टसँग काठमाडौं र गुल्मीमा गरी दुईवटा घर र ७ तोला सुन छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग जाजरकोटमा एउटा घर र १५ लाख रुपैयाँ छ ।
कृषि भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग कपिलवस्तु रूपन्देहीमा १५ कठ्ठा जग्गा र ६ तोला सुन छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग विराटनगरमा घर तथा सर्लाहीमा जग्गा साथमा पुरानो एउटा साइकल रहेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासँग म्याग्दीमा जग्गा, एक तोला सुन र बैंकमा १५ हजार रुपैयाँ छ ।










प्रतिक्रिया दिनुहोस्