राजनीति

कांग्रेसले चुनाव हार्‍यो भनेर आत्तिनु पर्दैन : सभापती देउवा



जेष्ठ ११, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नु पर्ने वताउँदै सम्पूर्ण आफ्ना नेता तथा कार्यक्रर्तालाई सोही अनुसार अघि वढ्न आग्रह गरेका छन् ।

नेपाल सांस्कृतिक संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा उनले दुईवटा ठूला कम्युनिष्ट पार्टीहरुको एकीकरणलाई कांग्रेसले अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

उनले भने कांग्रेसले चुनाव हार्‍यो भनेर आत्तिनु नपर्ने भन्दै देउवाले अबको ५ वर्ष हारलाई विजयमा परिणत गर्ने गरी काम गर्नुपर्ने बताए । ‘दुई कम्युनिष्ट पार्टी एकीकरण भइसकेको छ । यसलाई हामीले चुनौतीका साथसाथै अवसरको रुपमा लिनुपर्छ, एउटा पार्टी हुनु राम्रो हो’ उनले भने ‘अब नेपाली कांग्रेस अल्टरनेटिभमा रहनेछ, हाम्रा कमजोरी हटाएर एकवद्ध भएर अघि बढ्नुपर्छ ।’

सभापति देउवाले भने जबसम्म पार्टीमा अन्तरघात भन्ने रोग रहन्छ । तबसम्म चुनाव जित्न सकिदैन, अहिले अनुशासन भन्ने नै छैन । यो सबै कमजोरीलाई हटाएर पार्टीलाई पुरानै ठाउँमा पुर्‍याउनुपर्छ ।