समाचार

सुन तस्करीका मुख्य अभियुक्त गोरे जेल चलान



जेष्ठ १३, विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जेल चलान गरिएको छ ।

न्यायाधिश नारायणप्रसाद शर्माको इजलासले उनलाई जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलार्इ बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत, मोरङले जनाएको छ ।

गोरेले उर्लाबारीका सनम शाक्यको हत्या आफूले नगरेको दाबी गरेका थिए । जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले आफूले सामान्य केरकार गर्न मात्रै भनेको दाबी गरेका हुन् । उनले भने ‘त्यस दिन मैले सनमलाई आराम गराउन भनेको थिएँ । तर, गाडीभित्र टेकराज मल्लले करेन्ट लगाई चरम यातना दिएछन्’, गोरेले बयानमा भनेका छन्, ‘कुटाई र करेन्टको यातनाले गर्दा सनमको मृत्यु भएको हो । सनमलाई नरेन्द्र कार्की, लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र टेकबहादुर मल्लले कर्तव्य गरी मारेका हुन् ।’