राजनीति

संयुक्त विद्यार्थी संगठनद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न



जेष्ठ १५, काठमाडौं । ११ औं गणतन्त्र स्थापना दिवशको उपलक्ष्यमा देशभरका सम्पूर्ण क्रियाशिल विद्यार्थी संगठनहरुद्वारा प्रभातफेरी कार्यक्रममा योग्यताको आधारमा रोजगारीको व्यवस्था हुनेपर्ने माग गरेका छन् ।

हजारौंको वलिदानीवाट प्राप्त गणतन्त्रको स्थापना दिवशको उपलक्ष्यमा क्रियाशिल संगठनद्वारा काठमाडौंको भृकुटीमण्डपबाट शुरु भई शान्तिवाटीकामा पुगी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थिती नेता तथा कार्यकर्ताले लोकतान्त्रीक गणतन्त्रको यस स्थापनाले नेपालको विकास र समृद्धिको ढोका खोल्ने र जसवाट आम नेपालीले समृद्ध नेपाल र सुखी नेपाली भएको हेर्न पाउनेमा विश्वास लिएको बताएका छन् ।

तत्कालिन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका महासचिव ऐन महरले भने ‘देश विकास र समृद्धिको आधार वर्तमान सरकारको लक्ष्य भएकाले विद्यार्थीहरु त्यसको निम्ती सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । वर्तमान सरकार दुईतिहाई समर्थनका साथ निमार्ण भएकाले विकास गर्न र विकासको ढोका खोल्दै जनतामा शान्तिको महशुस गर्ने वातावरण सिर्जना गर्दै कृषि, पर्यटन, औद्योगीक, व्यवसाय लगायतको क्षेत्रलाई व्यापक विस्तार गरी स्वदेशमा नै रोजगारीको व्यवस्था हुनु पर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका भातृसंगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाली कांग्रेसको भातृसंगठन नेविसका लगायतका विद्यार्थी संगठनहरुको सहभागिता रहेको थियो ।