राजनीति

संसदीय दलको नेतामा मुख्यमन्त्री राई, उपनेतामा आम्बुहाङ चयन



जेष्ठ १७, मोरङ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएका छन ।

मुख्यमन्त्री राईलाई पार्टी एकतापछि बिहीबार पहिलो पटक बसेको संसदीय दलको बैठकले सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको छ । राई पूर्व नेकपा एमाले संसदीय दलको नेता थिए । त्यस्तै दलको उपनेतामा टंक आम्बुहाङ चयन भएका छन् ।

संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्र आङ्बोको प्रस्तावमा सर्वसम्मत निर्णय भएको हो ।