जेष्ठ १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आर्थिक विकास र सामाजिक रुपमान्तरणको लागि सरकार स्काउटसँग साझेदारी गरी अघि वढ्न तयार रहेको वताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबारदेखि ककनीमा शुरु भएको नेपाल स्काउटको तेस्रो ज्याम्बोरीको उद्घाटनका क्रममा नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले क्षमता अभिवृद्धि र व्यक्तिगत कलाकौशलको प्रवद्र्धनसँगै राज्यलाई पनि अनुशासित युवा दस्ता तयार हुने भएकाले विद्यार्थीलाई स्काउटमा आबद्ध हुन आह्वान गरेका छन् ।
कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउटको अन्तर्राष्ट्रिय ज्याम्बोरी सञ्चालन गर्न आवश्यक सहयोग गर्न सरकार तयार रहेको धारणा राखेका छन् । ‘नेपाल सरकारको कार्यक्रम सञ्चालन गर्न युवा मन्त्रालयमार्फत रु दुई करोड सशर्त अनुदान सहयोगले आवश्यक रकम नपुग्ने भएकाले त्यसका लागि थप सहयोग गर्न मन्त्रालय तयार रहेको बताएका छन् ।
नेपाल स्काउट तदर्थ समिति संयोजक चन्दन कौशिकले देशको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरण गर्न राष्ट्रिय गौरवका रुपमा जारी रहेको ज्याम्बोरीलाई लिइएको जानकारी दिए । त्यस्तै ज्याम्बोरीमा दशभन्दा बढी देश र नेपालका ५० भन्दा बढी जिल्लाका पाँच हजारभन्दा बढी स्काउटमा सहभागी संयोजक कौशिकले बताएका छन् ।
विश्व भातृत्व–भगिनीको नाराले विश्वभर स्काउट सञ्चालित रहेको छ । ज्याम्बोरीले ब्यक्तित्व विकाश, भातृत्व प्रगाढ पार्नुको साथै जीवनयापन कला, जीवनमा आइपर्न सक्ने कठिनाइ र त्यससंग जुध्न र हल गर्न सिकाउँछ । ज्याम्बोरीमा हुने क्याम्प लाइफले लाइफ–सरभाइभल–स्किल सिकाउनुका साथै सोसल हार्मोनीमा ठूलो भूमिका खेल्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्