जेष्ठ १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले संसदिय अभ्यासको असंसदिय शब्दावली प्रयोग गर्दै प्रधानमन्त्री तथा सभामुखलाई सांसद प्रेम सुवालले अपमान गरेको भन्दै भक्तपुरका आम जनताले वसाई सार्न तयार रहेको बताएका छन् ।
संघिय संसदमा आज वोल्दै सांसद वस्नेतले हिजो सांसद सुवालले संघिय संसदमा वोलेको शब्द अभिलेखवाट हटाउन आग्रह समेत आग्रह गरेका छन् । विकास विरोधी भएका कारण आम भक्तपुरका जनताले सांसद सुवाललाई माफि दिन नसक्ने बताउँदै ताथली र चित्तपोलमा नयाँ अन्तराष्ट्रिय रंगशाला, नयाँ सहर निमार्ण तथा सभाहलको निमार्ण गर्ने प्रकृयामा सरकार अघि वढेको र त्यसलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
भक्तपुरमा भईरहेका सडक, सुरुङ मार्ग, रंगशाला, सभाहल, नयाँ सहर निमार्ण जस्ता अनेकैं विकासका विरोधी भएको बताउँदै सांसद वस्नेतले प्रदेशको राजधानी हेटौडामा नै हुनुपर्ने बताउने सांसद सुवाललाई विकासको गतिविधि रोक्ने वा छेक्ने कुनै चेष्टा नगर्न समेत चेतावनी दिएका छन् ।
बर्तमान सरकारले प्रस्तुत गरेको बजेट विगतमा भएका असंख्यक कमिकमजोरीको समिक्षा गर्दै बजार भाउलाई नियन्त्रण गर्ने कुरा गरेको बताएका छन् । उनले बजेट सुल्टो दिशामा अघि वढेकोले प्रतिपक्षमा रहेका दललाई समेत खुसी हुन आग्रह गरेका छन् । धेरै लामो अभ्यासमा पनि देशको अर्थतन्त्र सुल्टाउन नसकेको अवस्थामा वर्तमान बजेटले सुल्टाएको समेत दावी गरेका छन् ।
बर्तमान सरकारले भ्रष्ट, ठग र फटाहहरुलाई तह लगाउने कार्य गरेको बताउँदै काग्रेसले जस्तो नेकपाको सरकारले कार्यकर्ता पाल्ने कार्य नगर्ने समेत उल्लेख गरेका छन् ।
देशका अधिकाशं युवाहरु नेकपा समद्ध भएकाले ७ र १० लाख पाउने युवा तथा विद्यार्थी नेकपा सम्बद्ध हुने देखिएकोमा प्रतिपक्षीदलले विभिन्न प्रकारका नकरात्मक टिका टिप्पणी नर्गन समेत आग्रह गरेका छन् ।
बजेट समृद्ध नेपाल सुखी नेपाली वनाउने संकल्पका साथ अघि वढ्दै सरकारले डिजिटल प्रविधिको विकास गरी सवै कार्य बैंकिङ वनाउने साथै मुलुकबाट रेलमार्ग जोड्ने संकल्पका साथ अघि वढेकाले आगामी पाँच वर्षमा देशले मुहार फेर्नेमा प्रतिपक्षि दल तथा आम नेपाली नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्