जेष्ठ १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू विरुद्ध भएको अन्यायको पार्टी भित्रको लडाई निरन्तर राख्ने वताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० बर्षको शतवाषिर्की कार्यक्रममा सहभागी भएर शनिबार फर्किएका खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पार्टी बरियतामा अन्याय भएको छ । यस विरुद्ध पार्टी भित्र भिन्न मत राखेको छु’ उनले भने, ‘म पाटी भित्र संघर्ष गर्छु । न्याय पाउनका लागि आफ्नो लडाईलाई जारी राख्छु ।’
कम्युनिष्ट आन्दोलनमा आफु एक खुल्ला पुस्तक जस्तै भएको जसमा जसले पनि सजिलै रुपमा पढ्न सक्ने भन्दै आफ्नो योगदानको वारेमा आम नेपाली जनता जगजायर रहेको बताएका छन् । आफु पार्टीमा लागेदेखि नै कम्युनिष्ट पार्टीहरुको एकताका लागि आफूले संघर्ष गरेको इतिहासलाई कसैले तलमाथि पार्न नसक्ने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्