राजनीति

कांग्रेस केन्द्रीय सदस्यमामा तीन जना मनोनित



जेष्ठ २४, ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय समितिमा ३ जनालाई मनोनयन गरेका छन् ।

केन्द्रिय सदस्यमा मनोनित हुनेमा कांग्रेसका नेता खुमबहादुर खड्काकी पत्नी शीला शर्मा खड्का (दाङ), शिवप्रसाद हुमागाईं (काभ्रे) र दिलबहादुर घर्ती (लमजुङ)लाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

देउवाले दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा मनोनयन समेत गरेका छन् ।