Banner News

दलहरुबीच विवाद : संसद नियमावली मस्यौदा आज संसदमा पेश हुने



जेष्ठ २५, काठमाडौं । दलहरुबीच विवाद बढेपछि पेश हुन नसकेको संसद नियमावली मस्यौदा आज संसदमा पेश गर्ने तयारी रहेको छ ।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नुपर्ने सत्तारुढ दलको अडान र निलम्बन गर्न नहुने प्रतिपक्षको अडानले मस्यौदा संसदमा पेश हुन सकेको थिएन । सरकारले भने नियमावलीको बचाउ गर्दै फौजदारी अभियोग लागेका सांसदलाई पूर्पक्षका लागि थुनामा राखेपछि उसको पद निलम्बन हुनु पर्ने बताउँदै आएको छ भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले भने पूर्पक्षका लागि थुनामा राखिएका सांसदलाई अभियोग पुष्टि नभएसम्म निलम्बन गर्न नहुने अडान अडान राख्दै आएको छ । संघीय संसद सचिवालयका अनुसार नियमावली आजै पारित गर्ने कार्यसूची रहेको छ ।

सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिनिधि सभा नियमावली मस्यौदा दफावार छलफलका लागि संसदमा पेश हुन लागेको हो ।