जेष्ठ २६, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले मनपरी ढंगले साढे सात अर्व रपैया वाढेकाले अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउनको निम्ती पार्टीको घोषणापत्र अनुसार बजेट ल्याउन नसकेको बताएका छन् ।
प्रदेश १ को सभा बैठकलार्इ सम्बोधन गर्न पुगेका प्रम ओलीले विराटनगर विमानस्थलमा बजेट चुनावी घोषाणाअनुसार नभए पनि यसमा मुलुक नयाँ प्रणालीमा गएको र यसलार्इ म्यानेज गर्न केही समय लाग्ने बताउँदै उनले अघिल्लो सरकारले बिनायोजना साढे ७ अर्ब बाँडेकोले त्यो तिनुपर्ने दायित्व अहिलेको सरकारमा आएको जिकिर गरे ।
प्रम ओलीले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘अघिल्लो सरकारले साढे ७ अर्ब मनपरी ढंगले बाँडेको छ, यो राजश्वको ठूलो प्रतिशत हामीले दायित्व लिनुपर्ने अवस्था सृजना भएको छ ।’ उनले डामाडोल अवस्थामा रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनु परेकाले त्यसको असर बजेटमा परेको बताए । त्यसैले गर्दा प्रदेशले चित्त दुखाउनुपर्ने अवस्था नरहेको बताएका हुन् ।










प्रतिक्रिया दिनुहोस्