समाचार

सरकारले गरेका कामलाई मिडिया र प्रतिपक्षले खबरदारी गर्नुपर्छ : महासचिव पौडेल



जेष्ठ २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले वर्तमान सरकारले गरेका काम कारवाहीलाई मिडिया तथा प्रतिपक्षले खवरदारी गरिरहनु पर्ने बताएका छन् ।

रातोपाटी अनलाइनको पाँचौ वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पौडेलले बजेट देशबासीको नाममा ल्याइएको बजेट सुनाउनको लागि नभई काम गर्नको निम्ती भएकाले बजेटले गरेको प्रतिबद्धताहरुमा कसैले द्धिविधा रहनु नपर्ने बताएका छन् ।

नेकपा नेतृत्वको सरकारले अब पनि विकास नगर्ने हो भने हामीलाई यस्तो अवसर कहिल्यै नआउने दावी समेत गरेका छन् ।

विकासको महत्वपूर्ण सर्त राजनीतिक स्थिरता रहेको भन्दै उनले संविधानको जगमा समृद्धि हासिल गर्नका लागि जनताले नेकपालाई बहुमत दिएको पनि उनले बताए । जनताको अभिमतलाई पूरा गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।