राजनीति

स्थिरता, सुशासन र समृद्धि मध्ये एउटा मात्रै नभए समृद्धि अपांगजस्तै हुन्छ : अध्यक्ष प्रचण्ड



जेष्ठ २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले स्थिरता, सुशासन र समृद्धि मध्ये कुनै एउटा मात्र नभए पनि समद्धि आपंग जस्तै हुने बताएका छन् ।

रातोपाटी डटकमको पाँचौ वार्षिक उत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले स्थिरता, सुशासन र समृद्धि एक अर्कामा अन्तरसम्बन्धित रहेकाले यसलाई सँगसँगै अघि बढाउनु पर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले देशलाई विकासको गतिलाई द्रुत गतिमा लैजानको निम्ती नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले न्याय र आर्थिक समृद्धिसहितको समाजवाद निर्माणका लागि हामी सहकार्य गर्न आग्रह समेत गरेका छन् ।