Banner News

संवैधानिक निकायमा पदपूर्ति यसै हप्ताभित्र प्रक्रिया अघि बढ्छ : मन्त्री तामाङ



जेष्ठ २८, काठमाडौं । कानून मन्त्री शेरबहादुर तामाङले प्रधानन्यायाधीश सहितको सरकारले संवैधानिक निकायमा रिक्त पदपूर्ति यसै हप्तादेखि शुरु गर्ने बताएका छन् ।

प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको नियुक्ति यसै हप्तादेखि प्रकृया अघि वढ्ने र अन्य संवैधानिक आयोगका प्रमुखको नियुक्तिमा केही समय लाग्न सक्ने मन्त्री तामाङले बताएका छन् ।

संसदीय सुनुवाइ समिति नै गठन नभएकाले नियुक्तिको प्रक्रिया रोकिएको सरकारले बताउँदै आएको थियो । संसदीय नियमावली बन्न नसक्दा संसदीय सुनुवाई समिति गठन हुन सकेको थिएन । संसदले नियमावली पारित गरेपछि समिति गठनको बाटो खुलेको छ । सुनुवाई समिति गठन हुन नसक्दा चैतको पहिलो हप्तादेखि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा न्यायपालिका चल्दै आएको छ ।