Banner News

लोकतन्त्र भनेको छाडातन्त्र होइन, अनुशासित प्रणाली हो : प्रधानमन्त्री ओली



जेष्ठ २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभई अनुशासित प्रणाली भएको उल्लेख गरेका छन् ।

टेलिभिजन कार्यक्रम ‘हलो प्रधानमन्त्री’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सत्यमा आधारित र रचनात्मक आलोचनालाई सरकारले स्वागत गर्ने बताएका छन् । तर, आफ्नो क्षणिक स्वार्थका लागि कसैले पनि मर्यादाको सीमा नाघ्न नहुने बताए । सकरात्मक आलोचनाले नयाँ खोज तथा अनुसन्धान हुने जसरले देश विकास गर्नमा सहयोग गर्ने जसलाई स्वागत गर्ने तर राष्ट्र र राष्ट्रियताको विपक्षमा कसैले लोकतन्त्रको बहानामा धज्जी उडाउन खोज्छ भने त्यसलाई स्वीकार्न नसक्ने दृढता व्यक्त गरेका छन् ।

समाजिक सञ्जालतर्फ संकेत गर्दै उनले नक्कली आइडी बनाएर जथाभावी आलोचना गर्नेहरु पनि बढेको भन्दै उनले यसबारे समाज बोल्नु पर्नेमा जोड दिए ।