मनोरञ्जन

पाण्डेको ‘चिँ मुसी चिँ’को गीत सार्बजनिक (भिडियो सहित)



जेठ २९, काठमाडौँ ।  दिनेश श्रेष्ठलको लेखन तथा निर्देशन रहेको फिल्म ‘चिँ मुसी चिँ’को म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

गीतमा नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट पाँचसम्मको यात्राबाट बाहिरिएकी सुजाता पाण्डेको स्वर रहेको छ । सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटा लगायतको अभिनय रहेको छ  ।

साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको  फिल्मलाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङको निर्माता रहेको छ ।

फिल्म ‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको  छ ।

भिडियो