मनोरञ्जन

Bobby हेरौ Norway घुमौ



जेठ २९, काठमाडौँ । असार २९ बाट रिलिज हुने चलचित्र ‘bobby’ रियल कथा, रियल पात्र, कथा भित्रको एउटा पृथक कथामा आधारित bobbyले ‘bobby हेरौ Norway घुमौ’ भन्ने अवसर ल्याएको छ ।

बोबी एउटा सिनमा होइन यो एउटा जिबन हो, यो एउटा भोगाइ हो, एउटा वास्तविक फिल हो, पैसा तिरेर टिकट काटेर तपाईहरुले धेरै फिल्म हार्नुभएको होला । तर आज More than film हेर्दै हुनुहुन्छ, एउटा जिबन हेर्दै हुनुहुन्छ र केहि पलको लागि बोबीको फिलसग साक्षात्कार हुनु हुदैछ ।  उसको सुख दुखमा साथ दिदै हुनुहुन्छ र बोबीसग अझै साक्षात्कार हुने बोबिको यथार्थलाई नाजिकबाट नियाल्ने बोबी टिमले दिदैछ । बोबी हेरिसकेपछि टिकेटमा आफ्नु नाम लेखि मोबाइलदुवारा फोटो खिची फसबुक पेजमा “Bobbynepalmovie” मा गई टिकटको फोटो inbox गर्नुपर्नेछ । यसलाई फेसबुक लाइभदुवारा गोलाप्रथागरि एकजोडी दर्शकलाईहरुलाई बोबीको जन्मघर पोखरा कर्म घर ललितपुरदेखि अहिलेको कर्मथलो Norway सम्मको एक हप्ते यात्रा बोबी सगै गर्ने असर प्रदान गर्नेछ ।

मिलन चाम्सले निर्माण तथा निर्देशन गरेको फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुवी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित, रवि गिरी, बालदीप राई, शिशिर राणा लगायतको अभिनय रहेको छ ।