जेष्ठ ३०, काठमाडौं । नेपाली चलचित्रकर्मी तथा वरिष्ठ कलकार भिमबहादुर थापाको निधनले नेपाली कलकारिता क्षेत्रमा ठूलो क्षती पुगेको छ ।
९२ बर्षका बरिष्ठ कलाकार गएराती २ बजे उनको निधन भएको हो । लामो समयदेखि थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो ।
उनी, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि अझ चर्चित बनेका थिए । उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए ।
उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने भएको छ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्