राजनीति

युवा विद्यार्थीको सुझाव : सम्वृद्धि र सुशासनको निम्ती कमिशनको अन्त्य (सुझावसहित)



जेष्ठ ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा तथा विद्यार्थी संगठनले सम्वृद्धि र सुशासनको निम्ती देशमा रहेको कमिशनखोरीको जालोलाई अन्त्य गर्दै युवा परिचालनमा जोड दिएका छन् ।

सम्बृदी र शुसासनका लागि युवा संघ नेपाल, वाइसिएल नेपाल, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्षहरुसंग गृहमन्त्रीको गम्भीरतापूर्वक छलफल गरेका छन्  ।

संगठनले गृहमन्त्री र नेपाल सरकारले चालेका अभियानहरुमा पुर्ण साथ दिने प्रतवद्धता सहित यश अगाडि चालेको कदमलाई स्वागत सहित सरकारको प्रसंसा गरेको छ । भेटमा संस्था दर्ता एेन-२०३४ खारेज र नयाँ एेन निर्माण, काम चोर र बदमासी गर्ने ठेकेदारलाई कारबाही, छाउपडि प्रथा लगायत कु प्रथाका बिरुद्ध अभियान, सबै क्षेत्रमा रहेको सिन्डिकेट र एकाधिकारको अन्त्य, जलविद्युत आयोजनाहरु लाईसेन्स लिने र काम नगर्ने अथार्त खोलालाई काम नगरी कमिसनका लागि झोलामा हाल्नेलाई कारबाही, उपत्यकाको ट्राफिक व्यावस्थापन र जाम नियन्त्रण, काठमाडौको धुलो नियन्त्रण, रक्सी र चुरोटमा निश्चित मापदण्ड बनाई कडाइ र कति पय ठाउमा रोक, युवा परिचालन शान्ति सुरक्षाको पुर्ण प्रत्याभूत दिनु पर्ने लगायतका सुझावहरु दिएका छन् ।

देश विकास र सम्वृद्धिका काम गर्दा आउने अवरोध हडाइ काम गर्नको निम्ती आग्रह समेत गरेका छन् । देशलाई विकसित र परिस्कृत वनाउनको निम्ती युवा तथा विद्यार्थी जहिलेपनि सरकारको साथमा रहेको भन्दै आवश्यकता अनुसार सरकारको नीति तथा कार्यक्रममा साथ र सहयोग गर्न जुनसुकै समय उपस्थित हुने बताएका छन् ।