राजनीति

सरकार अधिनायकवाद उन्मुख, अनुगमन गर्ने निकायलाई सक्रिय बनाउनु पर्छ : कोइराला



जेष्ठ ३०, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिएको बताएका छन् ।

बिराटनगरस्थित आफ्नो निवासमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले भने सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको उनको आरोप छ । नेता कोइरालाले वर्तमान सरकारले न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरिरहेकोले यसलाई छेक्नको निम्ती नेपाली काग्रेस शसक्त रुपले सडक र सदन दुवैमा अघि वढ्नुपर्ने बताएका छन् ।

नेपालको इतिहासमा काग्रेस विकास र समृद्धिको पक्षमा रहेको भन्दै मन्त्रीको काम अनुगमन गर्ने नभई कानुन निर्माण गरी वेथिति बढाउनेलाई आवश्य कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउनु पर्ने बताएका छन् ।