जेष्ठ ३०, काठमाडौं । काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेपछि सडक अबरुद्ध भएको छ ।
ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ । आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । प्रहरीका अनुसार बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इक्सपेक्टर राजु लामाले बताए । यस्तै उनका श्रीमान आषिश जोशी घाइते भएका छन् । उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको पनि लामाले बताए । स्कुटर जोशीले हाँकेको बताइएको छ ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । त्यस क्षेत्रमा वैकल्पिक रुटको प्रयोग गर्न ट्राफिकले सर्वसाधारणलाई सुझाव दिएको छ ।










प्रतिक्रिया दिनुहोस्