जेष्ठ ३०, काठमाडौं । प्रधानमन्त्री केपी ओली आगामी असार ५ गते देखि १० गते सम्म छिमेकी देश चीन जाने निश्चित भएको छ ।
प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुने बताइएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने बताइएको छ । त्यस्तै तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता हुने भएको छ ।
भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्