जेष्ठ ३१, वागलुङ । बागलुङको ताराखोला गाउँपालीकामा दुर्घटना हुदाँ वडा सदस्य हेमन्त घिमिरे सहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार दिउँसो घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दुर्घटना भएको हो । ताराखोला गाउँपालिका ३ का २४ वर्षीय घिमिरे का साथमा सोही ठाउँका ५४ वर्षीय हरिराम गिरीको मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा ताराखोला गाउँपालिका – ३ का २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र सोही ठाउँका ४२ वर्षीय कर्ण भण्डारी घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घाइते दुवैलाई उपचारका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लगिएको छ ।










प्रतिक्रिया दिनुहोस्