सम्पादकीय

भद्रगोल  चावहिल-जोरपाटी सडक



चावहिल जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।  निर्माण गर्नुपर्ने म्याद गुज्रेको करिब ४ महिना भइसकेको छ । तर, १० प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ ।

बर्षातमा हिलाम्मे र गर्मीमा धुलाम्मे हुने यो सडकको अवस्था नाजुक छ । बर्षातमा गाइभैंसी पौडने आहाल बन्छ । धुलो र हिलोले सडक छेउका पसले बसि नसक्ने अवस्था हुन्छ ।