राजनीति

ट्रेड युनियनमा पुष्करको प्यानलै विजयी : देउवालाई झड्का



असार २, काठमाडौं । नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाको समुहबाट पुष्कर आचार्यको प्यानल विजयी भएको छ ।

छैटौं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आचार्य र खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए । निवर्तमान अध्यक्ष दाहाल समूहलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो ।

यो हार सहित देउवा पक्षले यसअघि कर्मचारी, शिक्षक, इञ्जिनियरिङ संगठनमा पनि देउवा पक्ष पराजित भएको थियो ।