समाचार

डा. केसीले तोडे निषेधित क्षेत्र : माइतिघरमा मौन आन्दोलन



असार २, काठमाडौं । वरिष्ठ डा. गोविन्द केसीले सरकारले घोषणा गरेको माइतिघर मण्डलामा निषेधित क्षेत्रमा मौन आन्दोलन गरेका छन् ।

करिव दुई महिना अघि सरकारले निषेधित क्षेत्र घोषणा गरेको विरुद्धमा डा. केसीले आन्दोलन गरेका हुन । नागरिकको स्वतन्त्रता कुण्ढीत गरेको भन्दै उनले प्लेकार्डको माध्यमबाट आन्दोलन गरेका हुन् । उनले आफ्नो प्लेकार्डमा देखाएका छन् ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौ, म रैति हैन नागरिक हुँ भन्ने जस्ता प्लेकार्ड बोकी आफ्नो मुखमा टेप टाली मौन आन्दोलन गरेका छन् ।

स्वास्थ्य शिक्षाको पक्षमा वकालत गर्दै हिडेका डा. केसीले सरकारसँग भएका सम्झौताहरु सतप्रतिशत कार्यान्वयन गर्नमा जोड दिएका छन् । ऐन जारी गर्दा विकास मुखी तथा जनमुखी हुनुपर्ने भन्दै विज्ञप्ती समेत जारी गरेका छन् । जवरजस्त कुनै पनि निर्णयले शान्ति र समृद्ध देश वन्न नसक्ने भन्दै कुनै पनि काम गर्नु भन्दा पहिले ध्यान दिन आग्रह गरेका छन् ।