असार ३, भक्तपुर । भक्तपुरमा आज सम्पन्न भएको प्रथम ३ नं. प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा ललितपुर ३ स्वर्ण, ६ रजत पदक जित्दै ललितपुर तेक्वाण्डो संघले उपाधी हात पारेको छ ।
नेपाल तेक्वान्दो संघ प्रदेश नं. ३ ले भक्तपुरको यो यो बैंक्वैटमा शुक्रबार सुरु भई आज शनिवार सम्पन्न प्रतियोगितामा ३ स्वर्ण २ रजत र ४ कास्य पदक सहित ९ पदक जित्दै काठमाण्डौं तेक्वाण्डो संघ दोश्रो र २ स्वर्ण र २ कास्य पदक हात पार्दै भक्तपुर तेक्वाण्डो संघ तेश्रो भएको छ ।
प्रदेश नं. ३ का १२ जिल्लाका १५० जना खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा काभ्रेले २ स्वर्ण, नुवाकोट, मकवानपुर र धादिङले समान एक स्वर्ण पदक जितेका छन् ।
महिला तर्फ ४६ केजी तौल समूहमा काभ्रेकी रेजुना ठकुरी उत्कृष्ट, ललितपुरकी गीता बलामी दोश्रो, काठमाण्डौंकी अस्मिता महर्जन तेश्रो खेलाडी, ४९ किलो तौल समूहमा काठमाण्डौंकी पूजा कुँवर प्रथम, चितवन की लक्ष्मीदेवी श्रेष्ठ दोश्रो, भक्तपुरकी कसिस श्रेष्ठ र नुवाकोटकी सृजना तामाङ्ग तृतिय भएका छन् ।
त्यस्तै ५३ किलो तौल समूहमा काठमाण्डौकी आयुषा लामा प्रथम, मकवानपुरकी सञ्जु तुम्सी मगर दोश्रो र चितवनकी रायसी लिम्बु तथा सिन्धुपाल्चोककी अनिशा गिरी तेश्रो भएका छन् ।
पुरुष तर्फभने ५८ किलो समूहमा काभ्रेका कपिल थापा प्रथम, ललितपुरका पवन राई दोश्रो, दोलखाका राजेश तामाङ्ग र चितवनका अनिल महतो तेश्रो भएका छन् भने ६३ किलो समूह तर्फ नुवाकोटका निशान शाक्य प्रथम, ललितपुरका सुमन लामा दोश्रो, सिन्धुपाल्चोकका सुजन रायमाझी र मकवानपुरका अनुप आलेमगर तेश्रो भएका छन् ।
ग्योरोगी तथा पुम्सेका बिजेता खेलाडीहरुलाई नेपाली सेनाका प्रधान सेनापती राजेन्द्र क्षेत्रीले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो । कार्यक्रममा समाजसेवी श्रीभक्त कासिछ्वा र विज्ञान राईले सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्