समाचार

औद्योगीक विकास : समृद्ध नेपाल तथा सुखी नेपालीको आधार



असार ४, भक्तपुर । समृद्ध नेपाल तथा सुखी नेपाली भन्ने सरकारको नारालाई साकार बनाउन औद्योगीक विकास नभएसम्म देश विकास तथा आर्थिक उपार्जन असम्भव हुने बताइएको छ ।

साना तथा मझौला व्यवसायी महासंघ नेपाल तथा प्राइम कमर्शियल बैंक लिमिटेडको संयुक्त भक्तपुरको साँगामा आयोजनामा भएको तीन दिने दिगो उद्यमको लागि गुणस्तरिय लप्सीजन्य उत्पादन विषयक तालिम आज सम्पन्न भएको छ ।

असार १ गतेदेखि शुरु भई आइतबार सम्पन्न भएको कार्यक्रममा घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुधन प्रसाद पुडाशैनीले लप्सीजन्य उत्पादन तथा प्रवद्र्धनको निम्ती विभागले गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । त्यस्तै यस्ता प्रकारका विभिन्न उद्योगलाई नेपाल सकारको तर्फवाट ऋण समेत उपलब्ध गराउने भएकाले आवश्यकता अनुसार भरपुर प्रयोग गर्न आग्रह गरेका छन् ।

त्यस्तै कार्यक्रममा प्राइम कमर्शियल वैंकका कर्जा प्रमुख अनन्त चापागाईले व्यवसायिलाई व्यवसायको आधारमा साथै व्यवसायिको उत्पादनको आधारमा कर्जा प्रवाह तथा छुटको व्यवस्था गर्ने उद्घोष गरेका छन् ।

साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनले व्यवसायीहरुलाई निरन्तर रुपमा व्यवहार मुखी शिक्षा, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरु संचालन गरिरहने बताएका छन् ।

कार्यक्रममा महासंघकी प्रथम उपाध्यक्ष इनु पौडेल, केन्द्रिय सदस्य रविन थापा, कुलबहादुर काफ्ले, सहभागीको तर्फवाट पूर्ण कुमार कर्मचार्य, नारायणदेवी सैंजु श्रेष्ठ, प्रविधि विज्ञ शिद्धी बहादुर जोशी लगायतले लप्सी उत्पादनको वारेमा आ आफ्नो धारणा व्यक्त गरेका थिए ।