समाचार

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन



असार ४, काठमाडौं । पित्त नलीको क्यान्सरबाट पीडित वरिष्ठ न्यूरो सर्जन डा. सोमबार साँझ ५स्३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

डा। देवकोटाका आफन्त काँशिराज घिमिरेले डा। देवकोटाको निधन भएको जानकारी दिएका छन् । बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो । त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो।

२५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए। वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ ।