राजनीति

काँग्रेस जिल्ला सभापतिहरुको भेला शुरु हुँदै



असार ५, हेटौंडा । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज दिउँसोदेखि मकवानपुरको हेटौँडामा शुरु हुने भएकोछ ।

भेलामा नेपाली काँग्रेसका ७७ जिल्लाका काँग्रेस सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरले जनाकारी दिएको छ ।

उक्त भेलाको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्ने काँग्रेस कार्यक्रम रहेको छ ।

सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटौँडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयीक मुद्धाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराएका थिए ।

५, ६ र ७ गते हुने जिल्ला सभापतिहरुको भेलामा रामचन्द्र पौडेल तथा कृप्रसाद सिटौला पक्षधरले संस्थापन पक्ष सभापति शेर बहादुर देउवा पक्षधरको कडा रुपमा प्रतिवाद गर्ने भएको छ ।