असार ५ , काभ्रे) । काभ्रेको पनौती नगरपालिका–१०मा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार काभ्रेको बेथानचोकका हकजित लामा घटनास्थलमै मृत्यु भएको हो । खोपासीबाट पनौतीतर्फ आउँदै गरेको बा ४ ख ३५७० नम्बरको ट्रिपरले सोही दिशाबाट आइरहेको बा ९२ प ४२१६ को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्