असार ५, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ्ग उनले चीन भ्रमण गर्ने भएका छन् । बीबीसीको अनुसार उत्तर कोरियाली नेता किम दुईदिने भ्रमणका लागि चीन जाने तयारीमा रहेको छ ।
चीन उत्तर कोरियाको निकट सहयोगी देश हो । पछिल्लो समय अमेरिका र चीनबीच भने कटुतापूर्ण सम्बन्ध छ । अमेरिकाले चीनबाट आयात हुने वस्तुमा ६ जुलाईदेखि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि दुई देशबीच व्यापार युद्धको खतरा औंल्याइएको छ । यहीबीचमा उत्तर कोरियाली नेता किमले चीन भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्