समाचार

लायन्स शिक्षा कोष : राष्ट्रपति भण्डारीद्वारा सम्मानित



असार ६, काठमाडौं । विश्वको एक महत्वपूर्ण तथा सामाजिक संस्था लायन्स क्लव डिस्ट्रिक्ट ३२५ बी १ नेपालले शिक्षालाई जोड दिदै सञ्चालनमा ल्याएको ‘लायन्स शिक्षा कोष’लाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मानीत भएको छ ।

डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन धनराज आचार्यले आव्हान गरे अनुसार शिक्षाबाट बन्चित नेपालका बालबालिकहरुलाई शिक्षित बनाउनका लागि केही ईट्टाहरु थप्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त कोषले ‘पढाऔं अभियान’ अन्तर्गत सो कोषमा रु अक्षरेपी रुपैयाँ दुई करोड बीस लाख जम्मा गर्ने लायन्स र ननलायन्सका सदस्यहरुलाई राष्ट्रपतिबाट सम्मान गरेकी हुन् ।

सामाजिक कायृलाई आफ्नो एक अभिन्न अंगको रुपमा मान्दै अघि वढेको उक्त क्लवले धेरै सामाजिक कार्यहरु सम्पन्न गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आफ्नो पहिचान वनाई सकेको छ ।