राजनीति

समन्वय र अस्तित्व स्वीकार नगर्नु नै संक्रमणकाल : मुख्यमन्त्री राउत



असार ६, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायमै रहेको बताउँदै तीनै (संघीय, प्रदेश र स्थानीय तहको सरकारबीच समन्वय र अस्तित्वलाई स्वीकार नगर्नुलाई संक्रमणकाल भएको बताएका छन् ।

तीनै तहको सरकारबीच समन्वय गरेर एकअर्काको अस्तित्वलाई स्वीकार गर्ने चुनौती रहेको उनको भनाइ थियो । तीनै तहका सरकारले एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने धारणा उनले र संघीयतालाई सफल बनाउन न्यायपालिकाको भूमिकासमेत महत्वपूर्ण रहेको बताए ।

स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा मुख्यमन्त्री राउतले निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेका छन् ।