असार ७, काठमाडौं । देशको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतसंग सन्निहित वार एकाई सर्वोच्च अदालत वार एसोसियसनको आगामी असार २३ गते शनिवार सम्पन्न हुन गइरहेको निर्वाचनमा सर्वोच्च अदालत वारमा बहुमत समुहको प्रतिनिधित्व गर्ने ‘पेशागत, प्रगतिशिल, मधेशी, आदिवासी तथा देशभक्त कानून व्यवसायी समुह’को तर्पmबाट सामुहिक मनोनयनको कार्य सम्पन्न भएको छ ।
उक्त निर्वाचनको लागि गठित निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि तोकेको असार ६ गतेको दिनमा उक्त बृहत समुहले सामुहिक निर्णय गरी सो मनोनयन गरेको बताइएको छ ।
बरिष्ठ अधिवक्ता खगेन्द्र प्रसाद अधिकारी अध्यक्षसहित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अधिवक्ता राजु खडका, सचिव बासुदेव सिग्देल, सहसचिव पुण्यशिला दवाडी, कोषाध्यक्ष धनन्जय खनाल, महिला सदस्य किरणकुमारी गुप्ता तथा अन्य ९ जना सदस्यहरुमा अधिवक्ताहरु राजु आचार्य, कृष्णप्रसाद न्यौपाने, राजाराम उपाध्याय भट्टराई, अनन्त कार्की, पुष्पराज पौड्याल, दिपेन्द्रकुमार राई, दिपनारायण शाह, मुरारीप्रसाद सापकोटा र मुकुन्द न्यौपानेसहितले उक्त समुहबाट आप्mनो उम्मेदवारी दर्ता गर्नुभएको हो ।
प्रजातान्त्रिक समुहबाहेक अन्य सबै समुहको समर्थन र सहयोग यस समुहलाई रहेको हुंदा यस समुहको विजय सुनिश्चित रहेको बिश्लेषकहरुले बताएका छन् । उता सोहि दिन प्रजातान्त्रिक समुहको तर्फबाट वरिष्ठ अधिवक्ता दामोदर खडकाको नेतृत्वमा सचिव सुभानराज आचार्यसहितको अर्को समुहले पनि मनोनयन सम्पन्न गरेको छ ।










प्रतिक्रिया दिनुहोस्