असार ७, काठमाडौं । नेपाल बैंकर्स संघले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गर्दै बचत खातामा ७ प्रतिशत र संस्थागत निक्षेपमा साढे साढे १० प्रतिशतसम्म मात्र व्याज दिन पाउने निर्णय गरेको छ ।
राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । यसअघि संस्थागतलाई ११.१५ प्रतिशतसम्म ब्याज दिन पाइन्थ्यो ।
सर्वसाधारण निक्षेपकर्तालाई बढीमा ११ प्रतिशत ब्याज दिन पाइनेछ । अहिले १२.२२ प्रतिशतसम्म दिने गरिएको छ । ब्याजदरमा बैंकहरुले १२ प्रतिशतमाथि गएर ऋण उठाउन थाले, जसले गर्दा बैंकहरुले दिने कर्जाको ब्याजदर २० प्रतिशतको हाराहारी पुग्न थालेको थियो । संस्थागत निक्षेपकर्तालाई समेत १४ प्रतिशतसम्म ब्याज प्रदान गर्ने गरिएको छ ।
बैकर्स संघका अनुसार अहिलेको अवस्थामा यसरी नै ब्याजदर बढ्दै गयो भने अर्थतन्त्र ध्वस्त हुने भएकाले यस्तो निर्णय गरेको र यसलाई पालना नगरे कडा कारवाही हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्