समाचार

राष्ट्र संघको आन्तरिक क्लिनिक बन्द : कर्मचारी आन्दोलित



असार १०, ललितपुर । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयले आफ्ना कर्मचारीहरूका लागि सञ्चालन गर्दै आएको आन्तरिक क्लिनिक सञ्चालन खर्च बढी लागेका कारण बन्द गर्ने निर्णय गरेकामा कर्मचारीले आपत्ति जनाएका छन् ।

राष्ट्रसङ्घीय निकायका कर्मचारीको प्रतिनिधित्व गर्ने साझा संस्था र यसका आठ निकायका कर्मचारी सङ्गठनका प्रतिनिधिले राष्ट्रसङ्घको नेपाल कार्यालयकी आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डलाई ज्ञापन पत्र लेख्दै क्लिनिक बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

उनीहरूले ज्ञापन पत्रमा भनेका छन्, “कर्मचारीको समग्र सुस्वास्थ्यलाई क्लिनिक चलाउन हरेक वर्ष लाग्ने खर्चसँग तुलना गरिनु न्यायोचित हुँदैन ।” यस्ता विषयमा निर्णय लिनु अगाडि आगामी दिनमा कर्मचारी तथा तिनका प्रतिनिधिसँग छलफल गरिनुपर्ने उनीहरूको माग रहेको छ ।