असार ११, गुल्मी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यो वर्ष दुई लाख युवालाई न्युनतम रोजगारीको व्यवस्था गर्ने तथा अवको पाँच वर्षभित्रमा नेपालमा वेरोजगारको समस्याको अन्त्य गर्ने उद्घोष गरेका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिकाको शहिद स्मृति पार्ककाको शिलान्यास गर्दै मन्त्री विष्टले श्रम र रोजगारको क्षेत्रमा ठूलो चुनौतिकाबीच पनि महत्पूर्ण योजना र निर्णयहरु भएकाले केही समयमै पूर्ण कार्यान्वयन गरिने उनले बताए । मन्त्री विष्टले स्वदेशमा रोजगारको पूर्ण ग्यारेन्टी नहुँदासम्म विदेशमा कामदारहरुलाई ढुक्क र सुरक्षित भएर काम गर्ने ब्यवस्था समेत मिलाउने प्रयास भइरहेकाा बताए ।
बहुमतसहितको कम्युनिष्ट सरकार प्रति नागरिकको आशा र भरोसा रहेकाले कुनै दिन पछुतो हुन नदिने बताउँदै मन्त्री विष्टले भने व्यक्तिगत स्वार्थमा देशलाई धेरैले धेरै पटक डुवाएका, त्यसैले जनताले परिवर्तनको अनुभुति समयमै गर्न पाएनन ।
मन्त्री विष्टले गौरवको आयोजना ‘शहिद स्मृति पार्क’को शिलन्यास गर्दै उनले पार्कको निर्माणसँगै यस क्षेत्रको पर्यटन बिकास हुने भएकाले आर्थिक समृद्धिको ढोका खुल्ने बताए ।
धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले पाँच बर्षमा नमुना गाउँपालिका बनाउने बताए । उनले शहिद पार्क, धुर्कोट संग्राहालय, पिपलधारा खेल मैदान, जैसीथोक गोपेलाई नमुना बस्ती, एक टोल एक पोखरी, उत्पादनमा आधारित अनुदान, खरका छाना मुक्त गाउँपालिका, एक घर एक धारा, कृषक परिचय पत्र, पशुलाई सुत्केरी भत्ता लगायतका महत्वपूर्ण कार्यक्रम मार्फत धुर्को गाउँपालिकालाई आत्मनिर्भर र आर्थिक समृद्धि सहितको नमुना गाउँपालिका बनाउने पोखरेलले बताए ।










प्रतिक्रिया दिनुहोस्