समाचार

अविरल वर्षाले वाग्लुङमा तीन जनाको मृत्यु : सजग रहन आग्रह



असार १२, बाग्लुङ । अविरल वर्षाका कारण बाग्लुङ जिल्लाको बरेङ गाउँपाललिका वडा नं. २ धुल्लुबास्कोट लुरुङमा पहिरोमा परि तीन जनाको मृत्यु भएको छ ।

असार ११ गते बेलका ५ बजेदेखि अविरल रुपमा परेको बर्षाका कारण बागलुङ बरेङ गाउपालिका २ साबिक हुग्दिशिर धुल्लुबास्कोट लुरुङमा एक घर पहिरोमा परी ४० बर्षिय बिण्णु बहादुर क्षेत्री, श्रीमति ३० बर्षिय बिष्णु माया क्षेत्री र ६ महिनाको छोरी सोनिया क्षेत्रीको मृत्यु भएको छ ।

हुग्दिशिर खोलाका कारण २०० घर जति प्रभाबित भै जोखिममा रहेको छ भने बराहकोट प्रांबिको आधा भाग बगाएको छ । वर्षाका कारण त्यहाँको जनजीव अत्यन्त कष्टकर भएको छ । कष्टकर जीवन तथा मानविय क्षतीको दःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा वाग्लुङकी सांसद मना कुमारी जिसीले हार्दिक समवेदना तथा सजग रहन आग्रह गरेकी छिन् ।

प्रमुख जिल्ला अधिकारि बेद प्रसाद खराल र एस पि बिश्वराज सिहको नेतृत्वमा सो स्थानमा नेपाल प्रहरी सहितको टोली राहत सहितको टोली जाने तयारी भैरहेको छ ।

नेकपाका नेतृ चिनिमाया काला मगरका अनुसार जनजिबन कष्टकर भएको र त्यसलाई समयमा नै सबैको साथ सहयोगको साथमा सजगता आवश्यक रहेको छ । पहिरोका कारण रेश लेखानि रिठेखोलामा पाईप बगाई खानेपानिमा समस्या देखिएको छ । त्यस्तै गल्कोट आगाखेत बासखोला र हटिया पहिरोले गर्दा मध्यपहाडी पुष्पलाल लोकमार्ग अबरुद्व भएको ।