असार १२, काठमाडौं । विश्वकपमा फूटबलमा आज मंगलबार अर्जेन्टिनी र नाइजेरियनबिच राति पौने १२ बजे खेल हुनेछ ।
अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३-० ले हारेको थियो ।नाइजेरिया पहिलो खेलमा क्रोएसियासँग २-० ले हारेको थियो भने दोस्रो खेलमा आइसल्याण्डलाई २-० ले नै हराएको थियो ।
अर्जेन्टिनाको सपना जिवित बनाउने मुख्य भूमिका मेस्सीमा हुनेछ भने मुसा नाइजेरिया समर्थकका भरपर्दा आशा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्