असार १२, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले नेपाल सरकारले लिएको नारा समृद्ध नेपाल र सुखी नेपालीका लागि दुव्र्यसनि मुक्त समाज हुनुपर्ने बताएका छन् ।
नेपाल सरकार गहृमन्त्रालयद्वारा आयोजित लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस चेतनामुलक कार्यक्रममा वोल्दै गृहमन्त्री थापाले सरकारले ल्याएको लागुऔषध नियन्त्रण कार्ययोजना २०७५ लागु गर्न सबैको साथ आवश्यक रहेको बताए । लागु औषधका कारनै नेपालमा विभिन्न प्रकारका अपराधिक घटनाहरु हुने गरेको बताउँदै मन्त्री थापाले लागु औषध नियन्त्रण नगरे देशमा विभिन्न प्रकारका संक्रमहरु बढ्दै अवान्छनिय घटनाहरु तिव्र रुपमा वृद्धि हुने बताए । लागु औषध कारोवारमा लागेका जो कोहीलाई पनि कानुनको कठाघरामा ल्याईने बताउँदै नेपाल प्रहरी तथा जनपथ प्रहरीलाई यस्ता अपराधिक घटनामा संलग्नहरुलाई तत्काल कानुनि दायरामा ल्याउन निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा लागु औषध दुव्र्यसनीको भयावह अवस्था रहेको सहभागीहरुले बताएका थिए । उनीहरुले सरकारले मात्र न्युनिकरण गर्न नसक्ने भन्दै समाजका सबै जिम्मेवार रहेको बताएका थिए । नेपालमा लागु औषध दुव्र्यसनीको संख्या प्रत्येक वर्ष ११ प्रतिशतले वृद्धि हुने गरेको छ । सरकारले लागु औषध दुव्र्यसनीको संख्यामा कमि ल्याउन कार्ययोजना समेत अघि बढाएको छ ।
हरेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ । यस दिनको एउटामात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो ।










प्रतिक्रिया दिनुहोस्