असार १२, काठमाडौं । नायिका सुकुमाया मोक्तानले सामाजिक सञ्जाल फेसबुक मार्फत सगरमाथा आरोहण गर्न गएका शर्मिला तामाङ लगायतले गाली गलौज गरी आफुलाई बदनाम गरेको भन्दै कार्यक्रमको आयोजना गरी प्रेस विज्ञप्ति जारी गरेकी छिन् ।
बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देशलाई सगरमाथा आरोहण गरी विश्वको ध्यानाकर्षण गराउने उद्देश्यका साथ छोकी शेर्पा र शर्मिला तामाङ सगरमाथा आरोहणमा गएका थिए ।
सन् १६ मे २०१८ मा शेर्पाले सफल आरोहण गरेको र तामाङले अस्वास्थ्यका कारण सफल आरोहण गर्न नसकेको विषयमा नायिका मोक्तानले सामाजिक सञ्जाल मार्फत सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दा तामाङले आरोहणका लागि सङ्कलन गरेको रकममध्ये १५ प्रतिशत नपाएर बदला लिएको आरोप लगाएर अहिले आफुलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने काम अभियानका सहयोगी लगायतले गरिरहेको दावी गरिन् ।
नायिका मोक्तानले आफु कलाकार र सुकुमाया फाउण्डेसनमार्फत समाजसेवामा पनि अगाडि बढिरहेको बेला सगरमाथा आरोहणमा जाँदा सफल नभएको कुरालाई सबैसामु् राख्न आग्रह गर्दा आफ्नो चरित्र हत्या नै हुने गरी सामाजिक सञ्जालबाट सन्देशको ओइरो नै लाग्न थालेपछि वाध्य भएर कार्यक्रमको आयोजना गरी सबैलाई जानकारी दिनुपरेको बताइन् ।
यस विषयमा आरोही शर्मिला तामाङलाई सम्पर्क गर्दा शारीरिक कठिनाइका कारण सगरमाथाको आठ हजार छ सय मिटरसम्म पुगेपछि माथि जान नसकेको कुरा न्युज लाइन अँगे्रजी अनलाईनमा आफुले स्पष्ट राखेको छु, सुकुमाया मोक्तानले यस विषयलाई सामाजिक सञ्जाल फेसबुकमार्फत मसँग कडा शब्द प्रयोग गर्दै सोध्दा मैले जवाफ पनि त्यसरी नै दिएको हुँ । सम्वन्धीत क्षेत्रका जिम्मेवार व्यक्तिले सोध्दा म जवाफ दिईहाल्छु भन्नुभयो । मोक्तानले सुरूमा आफुलाई आर्थिक सहयोग सङ्कलनका लागि विभिन्न व्यक्ति संस्थासँग परिचय गराएको र आर्थिक सङ्कलन भएपछि १५ प्रतिशत फाउण्डेसनलाई दिनुपर्ने भनेको चाहिं सत्य हो भनिन् ।
तर फाउण्डेसनको तर्फबाट भने आर्थिक सङ्कलन नगरी अभियानलाई अन्य संस्था र व्यक्तिका तर्फबाट सहयोग प्राप्त भएको स्पष्ट पारिन् । उहाँले मोक्तान र आफुबीच भएको कुराकानीलाइ लाईभ राखिदिनाले अहिले सामाजिक सञ्जाल खोलीनसक्नु भएको छ, सयौं मानिसले आफुलाई गालीगलौज गरिरहेको पनि बताइन् ।










प्रतिक्रिया दिनुहोस्